
१९ जेठ, काठमाडौं। नेपालमा सबैभन्दा कम जनसंख्या भएका ११ जाति रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार उनीहरुको जनसंख्या एक हजारभन्दा कम रहेको छ। एक हजारभन्दा कम जनसंख्या हुने जातिहरुमा कलार, फ्री, कोचे, टोप्केगोला, राउटे, वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, वनकरिया र नुराङ जातिका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कलार जातिको जनसंख्या ९३१, फ्री जातिको जनसंख्या ९२१, कोचे जातिको जनसंख्या ८४७, टोप्के गोलाक जातिको जनसंख्या ७४२, राउटे जातिको जनसंख्या ५६६ मात्र रहेको छ ।
यस्तै वालुङ जातिको जनसंख्या ४८१, ल्होमी जातिको जनसंख्या ३५५, सुरेल जातिको जनसंख्या ३१८, कुसुण्डा जातिको जनसंख्या २५३, वनकरियाको जनसंख्या १८० र नुराङ जातिको जनसंख्या ३६ मात्र रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
२०६८ सालको जनगणनामा सबैभन्दा थोरै कुसुन्डा २७३ जना थिए भने नुराङ जातिको संख्या २७८ थियो ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा चैत १० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका थिए ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ।
जाति | जनसंख्या | प्रतिशत |
कलार | ९३१ | ० |
फ्रि | ९२१ | ० |
कोचे | ८४७ | ० |
टोपकेगोला | ६४२ | ० |
राउटे | ५६६ | ० |
वालुङ | ४८१ | ० |
ल्होमी | ३५५ | ० |
सुरेल | ३१८ | ० |
कुसुन्डा | २५३ | ० |
वनकरिया | १८० | ० |
नुराङ | ३६ | ० |
प्रतिक्रिया 4