+
+

ईपीजीको कुरा उचालेर वातावरण बिगार्नु उचित थिएन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते १९:५३

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनको विषयमा आफ्नो तर्फबाट कुरा राखेको बताएका छन् ।

चार दिने भ्रमणपछि शनिबार स्वदेश फर्किएका उनले ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण विगार्न नचाहेको बताए ।

‘ईपीजी हामी सबैको चासोको कुरा हो, मैले आफ्नो ढंगले कुरा नगरेको छैन, आफ्नो ढंगले कुरा गरेको छु, तर यो विषयलाई बढी उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणामुखी वातावरण बनेको बिगार्नु उचित थिएन’ उनले भने ।

नेपाल र भारतको राजनीतिक नेतृत्वबीच यो भ्रमणले विश्वासको वातावरण बनेको भन्दै उनले यही वातावरण सहज रुपमा अगाडि बढेमा ईपीजीको विषयमा पनि कुरा हुन सक्ने बताए । ‘…यो सबै गर्दै गएपछि ईपीजी पनि लिने काम हुन्छ । जुन विश्वासको वातावरणमा प्रधानमन्त्री मोदीसँग कुरा भएको छ, त्यो वतावरणलाई सहज बनाउँदै लैजाँदादखेरि सबै चिज हुँदै जान्छ’ उनले भने ।

नेपाल र भारतबीचको सन् १९५० को सन्धिलगायतका समस्या समाधानका लागि दुई देशका प्रवुद्ध व्यक्तिहरु सम्मिलित प्रवुद्ध व्यक्ति समूह (ईपीजी) बनेको थियो ।

उक्त समूहले दुबै देशमा छलफल गरेर प्रतिवेदन तयार पारिसकेको छ । तर प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भएको थियो, जस अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?