+

चर्च ब्वाइज उपाधि नजिक, जावलाखेल उपाधि होडबाट बाहिरियो

२०८० जेठ  २० गते २१:१३ २०८० जेठ २० गते २१:१३
चर्च ब्वाइज उपाधि नजिक, जावलाखेल उपाधि होडबाट बाहिरियो

२० जेठ, काठमाडौं । नवप्रवेशी चर्च ब्वाइज युनाइटेड जावालाखेल युथ क्लबलाई शनिबार ३-० ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको उपाधि नजिक पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा चर्च ब्वाइजको जितमा आशिष चौधरीले दुई र अञ्जन विष्टले एक गोल गरे ।

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको लिग लिडर चर्च ब्वाइजले दोस्रो स्थानको मच्छिन्द्र एफसीमाथि ५ अंकको अग्रता बनाएको छ । हारपछि जावलाखेल भने उपाधि होडबाट बाहिरिएको छ ।

२४ खेलबाट चर्च ब्वाइजको ४४ अंक छ । एक खेल कम खेलेको मच्छिन्द्रको ३९ अंक छ । २४ खेल खेलेको जावलाखेल ३७ अंकसहित तेस्रो स्थानमा छ ।

चर्च बवाइजलाई डेब्यु सिजनमै लिग जित्न अब दुई खेलबाट चार अंक जोडे पुग्छ । चर्च ब्वाइजले अब थ्रीस्टार र एफसी खुमलटारसँग खेल्न बाँकी छ भने मच्छिन्द्रले नेपाल पुलिस, हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीसँग खेल्न बाँकी छ ।

हेड टु हेडमा अघि रहेकोले चर्च ब्वाइजले मच्छिन्द्रसँग अंक बराबरी भएपनि उपाधि जित्नेछ ।

चर्च ब्वाइजको लागि पहिलो हाफको इन्जुरी टाइममा अञ्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । जावलाखेललका राहुल राहुलले चर्च ब्वाइजका रञ्जित पाण्डेलाई फउल गरेपछि चर्च ब्वाइजले प्राप्त गरेको पेनाल्टीमा गोल गर्न नसकेका अञ्जनले रिबाउण्डमा गोल गरे ।

दोस्रो हाफमा आशिषले दुई गोल गरे । उनले ८८औं मिनेटमा र खेलको इन्जुरी टाइममा गोल गरे ।

शनिबारै भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी एफसीलाई २-१ ले हरायो भने थ्रीस्टार र एपीएफले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

ए डिभिजन लिग चर्च ब्वाइज क्लब फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय