
काठमाडौं । आगामी भदौ १ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’को प्रिमियर गरिएको छ । शनिबार हेटौंडाको ओम्याक्स हलमा आयोजित प्रिमियरमा कलाकार, निर्देशक र निर्माता लगायत सहभागि रहे ।
फिल्मलाई हेटौंडाका नारायण खातीले निर्माण गरेका हुन् । फिल्म हेरेपछि दर्शकले सकारात्मक प्रतिक्रिया दिए । निर्देशक राजु गिरीले सुनसँग जोडिएर बनाइएको फिल्मले सुन बनाउने सुनारेलाई गाउँका काजीहरुले हेर्ने दृष्टिकोण फिल्ममार्फत देखाइएको बताए ।
प्रिमियरमा निर्देशक राजु गिरी, निर्माता नारायण खाती, कलाकारहरु गौरव पहारी, किरण नेपालीलगायतको उपस्थिति थियो । प्रिमियरमा मकवानपुर सुनचाँदी व्यसायी संघका अध्यक्ष पवन शाक्य, हेटौंडाका कलाकार सुशान्त कुमार श्रेष्ठ पनि सहभागि रहे ।
फिल्ममा गौरव पहारी, किरण नेपालीसहित नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने लगायतको अभिनय छ । फिल्मका निर्माता भने सरोज खाती, सविन खाती, र मनोज रिजाल छन् । फिल्ममा शिवम् अधिकारीको पटकथा तथा सम्वाद छ भने अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत छ ।
प्रतिक्रिया 4