+
+

एमालेको अवरोधले राष्ट्रिय सभा बैठक पनि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १३:१९

२१ जेठ, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेको छ ।

बैठक सुरु भएलगत्तै बोल्ने समय माग गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्ने समय दिएका थिए । नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाउँदै उनले सरकारले जवाफ दिनुपर्ने माग राखे ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बसिदिन आग्रह गर्दा पनि सांसदहरु नबसेपछि २९ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराए ।

प्रतिनिधि सभाको बैठक पनि नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?