२१ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले आइतबार एफसी खुमलटारलाई ३-० ले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा संकटालाई जित दिलाउन निशान खड्काले १६औं, आयुष घलानले ३८औं र चन्दन दासले ७८औं मिनेटमा गोल गरे ।
यस जितले रेलिगेसन जोन भन्दा अगाडि रहेको संकटालाई राहत मिलेको छ अन्तिम स्थानमा रहेको खुमलटारलाई संकट परेको छ ।
२४ खेलबाट संकटा ३० अंक जोड्दै एक स्थान सुधार गरेर ११औं स्थानमा उक्लेको छ ।
आर्मी, एपीएफ र एनआरटीको पनि ३० अंक नै रहे पनि संकटा हेड टु हेडमा पछि छ ।
खुमलटार भने लिगमा दुई खेल बाँकी रहँदा २४ अंकसहित पुछारमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ ।
खुमलटारले अब रेलिगेसन टार्न अन्तिम दुई खेल जित्नैपर्नेछ भने अन्य टोलीको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।
प्रतिक्रिया 4