
२१ जेठ, काठमाडौं । आगामी असोज दोस्रो साता काठमाडौंको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले १०–१४ असोजसम्म एक्स्पो आयोजना गर्न लागेको हो ।
काठमाडौंमा आइतबार एक्स्पो लञ्चिङ कार्यक्रम आयोजना गरी एक्स्पोबारे औपचारिक जानकारी गराएको हो । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए ।
एक्स्पोका संयोजक निकुञ्ज अग्रवालका अनुसार संघको डिल्लीबजार चारखालस्थित सचिवालयका साथै युनियन पार्क नजिकै रहेको इभेण्ट सोलुसनको कार्यलयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिनेछ । साथै अनलाइन माध्यमबाट स्टक बुकिङ गर्ने व्यवस्था गर्ने अन्तिम तयारी भएको पनि आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4