+

२०० मिटर बटरफ्लाईमा षष्टिकाले बनाइन् नयाँ कीर्तिमान

२०८० जेठ  २१ गते २०:३४ २०८० जेठ २१ गते २०:३४
२०० मिटर बटरफ्लाईमा षष्टिकाले बनाइन् नयाँ कीर्तिमान

२१ जेठ, काठमाडौं। षष्टिका भण्डारीले एनएससी कप पौडी प्रतियोगितामा नयना शाक्को कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी छन्।

नेपाल पौडी संघको आयोजनामा भइरहेको प्रतियोगिता षष्टिकाले आइतबारदेखि सुरु भएको प्रतियोगिता २०० मिटर बटरफ्लाईमा कीर्तिमान बनाएकी हुन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीङ्गा भएको प्रतिस्पर्धामा उनले २०० मिटर बट्टरफ्लाईको हिटमा नयना शाक्यले सन् २००४ मा बनाएको ३ मिनेट ०९.९१ सेकेन्डको कीर्तिमान तोड्दै ३ मिनेट ०६.४५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाइन्।

नेपाल पौडी संघले चीनमा हुने १९औं एसियन गेम्स र पेरिस ओलम्पिक अन्तर्गत जापानमा हुने छनोट प्रतियोगिताको लागि खेलाडी छनोट पनि यही प्रतियोगिताबाट गर्ने जनाएको छ।

षष्टिका भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय