
फाइल तस्वीर
काठमाडौं । भारतीय अभिनेत्री भाग्यश्री यतिबेला नेपालमा छिन् । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ समारोहमा सहभागी हुन काठमाडौं आएकी भाग्यश्रीले नेपालको प्रशंसामा प्रशस्तै शब्द खर्चिरहेकी छन् ।
आइतबार राति सम्पन्न अवार्ड समारोहमा बोल्दै उनले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन् । ‘नेपालको सुन्दरताको विश्वभर चर्चा छ, नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु,’ भाग्यश्रीले भनिन् ।
नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको उक्त अवार्ड समारोहमा नेपाली सेलिब्रिटीहरुसँगै अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै एक दर्जन भारतीय कलाकारको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4