
काठमाडौं । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल चाँडै ‘ड्याडी-ममी’ बन्दैछन् । मंगलबार सामाजिक सञ्जालमार्फत प्रेग्नेन्सी फोटोसुटको तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुले सन्तानको पर्खाइमा रहेको उल्लेख गरेका छन् ।
असारको दोस्रो साता दुर्गाले पहिलो सन्तानलाई जन्म दिने तयारी गरेकी छन् । फोटोसुट सेयर गर्दै उनीहरुले श्रोता र फ्यानसँग खुसी बाँडेका छन् । ‘जीवनमा सुन्दर अनुभवको सुखद अनुभूति । यो मनमा खुसी छ आहा कति कति,’ तस्वीर सेयर गर्दै अर्जुनले लेखेका छन् ।
कोभिडको समयमा उनीहरुले बुढानीलकण्ठमा विवाह गरेका थिए । पछिल्लो समय दर्शकलाई सन्तानको तयारीबारेको जानकारी दिन सेलिब्रिटीले बेबीबम्पसहित प्रेग्नेन्सीको तस्वीर सार्वजनिक गर्दै आइरहेका छन् । पछिल्लो समय आफ्नो विशिष्ट शैलीको पाश्र्व संगीतको कारण अर्जुन चर्चामा छन् । ‘मेसो मिलाएर’को उनको पछिल्लो भाइरल गीत हो ।
दुर्गाले पनि तस्वीर सेयर गर्दै ‘मेरो मन र धड्कनको खुसी’ भनेर लेखेकी छिन् ।
तस्वीर : अर्जुन पोखरेलको फेसबुक
प्रतिक्रिया 4