+
+

भोटाहिटीको आरके स्विट्समा महानगरको ताला

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १४:२४

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटीमा रहेको आरके स्विट्समा ताला लगाएको छ । बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गर्न आग्रह गरेपनि अटेर गरेकोले आरके स्विट्समा ताल्चा लगाउन बाध्य भएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार बेसमेन्टको नक्सामा स्टोर भनेर उल्लेख गरेपनि आरके स्विट्स नामको क्याफे रेष्टुरेन्ट चलाउँदै आएकोले जनप्रतिनिधिको रहोबरमा ताल्चा लगाएको हो ।

‘नक्सा अनुसारको बेसमेन्ट प्रयोजन गर्न महानगरले बारम्बार सबैतिर आग्रह गरिरहे पनि अटेर गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइरहेका छौं । सोही अनुसार आरके स्विट्समा ताला लगाएका हैं, अनुगमन गरेर अन्य स्थानमा पनि यस्तो पाइएमा कारबाही गर्छौं,’ पाण्डेले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?