+
+

सञ्चारमन्त्रीलाई ६ फिल्म संस्थाको ज्ञापन, माग पूरा गर्न एक साताको अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १९:५५

काठमाडौं । फिल्म सम्बद्ध ६ निकायले राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेटमा सम्बोधन गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई ज्ञापन पत्र पेश गरेका छन् ।

मंगलबार चलचित्र निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, आदिवासी जनजाति चलचित्र महासंघ, नृत्य संघ र द्वन्द्व कलाकार संघले संचारमन्त्री रेखा शर्मालाई मन्त्रालयमै भेटेर ज्ञापन पेश गरेका हुन् ।

मन्त्री शर्मालाई बुझाइएको १३ बुँदे ज्ञापनमा राष्ट्रिय चलचित्र क्षेत्रलाई बजेटमा उपेक्षा गरिएकाले तत्काल संशोधन प्रक्रियाबाट आवश्यक बजेट उपलब्ध गराउन माग गरिएको छ । एक साताभित्र ठोस निर्णय नदिएमा चरणबद्ध आन्दोलनमा जाने पनि ज्ञापन पत्रमा उल्लेख छ ।

‘मन्त्रीज्यूले मागहरु पुरा गर्न सकारात्मक रहेको बताउनुभएको छ । एकसाताभित्र माग पुरा नभए आन्दोलनमा जाने तयारीमा छौं’ निर्माता संघका अध्यक्ष नवल खड्काले भने, ‘आन्दोलनका स्वरुपहरु त्यसपछि तय हुनेछन् ।’

ज्ञापन पत्र बुझाउनुअघि ती संस्थाको मंगलबार बसेको बैठकले माग पुरा नभए आन्दोलनमा जाने निर्णय समेत गरेको छ । मन्त्रालयमा बुझाइएको उक्त ज्ञापनपत्रको बोधार्थ मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, चलचित्र विकास बोर्ड र जिल्ला प्रशासन कार्यालयमा समेत बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?