
२३ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले २४ घण्टाभित्र ट्रान्सक्रिप्ट, मार्कसिट, माइग्रेसन, प्रोभिजनल प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेको छ ।
मंगलबार त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई एक ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले परीक्षा सञ्चालन भएको २ महिनाभित्र नतिजा प्रकाशन गर्न पनि माग गरेको छ ।
त्यस्तै परीक्षा नियन्त्रण कार्यालयलाई पेपरलेस (कागजरहित) बनाउनका लागि भौचर प्रणाली, परीक्षा आवेदन फारम जस्ता कुराहरू अनलाइन प्रविधि मार्फत गर्न पनि माग गरिएको छ ।
अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका इन्चार्ज प्रशान्त भण्डारी र संयोजक समीरराज विष्टले बुझाएको ज्ञापनपत्रमा परीक्षा नियन्त्रण कार्यालयमा देखिएको अव्यवस्थित वातावरणको अन्त्य गर्न आवश्यक सङ्ख्यामा प्रविधिमैत्री एवं दक्ष कर्मचारी नियुक्ति गर्न पनि माग गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयको सेवालाई विकेन्द्रित गर्न र परीक्षा सम्बन्धी क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट गराउन पनि अनेरास्ववियुले माग गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत सबै कर्मचारी समयमा नै कार्यालयमा उपस्थित हुनुपर्ने र सेवाग्राहीप्रति अनुशासित, मर्यादित व्यवहार गर्नुपर्ने र जवाफदेही बन्नुपर्ने पनि अनेरास्ववियुको माग छ ।
हेर्नुहोस् ज्ञापनपत्र :
प्रतिक्रिया 4