+
+

‘वेलकम टु हेम्जाकोट’को प्रिमियरमा पुगे बुद्धि, दीपाश्रीसहितका सेलिब्रिटी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १२:१२

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वेलकम टु हेम्जाकोट’लाई मंगलबार प्रिमियर गरिएको छ । निर्देशक, निर्माता र कलाकारसहितको फिल्म टोलीसहित अन्य सेलिब्रिटी पनि फिल्म हेर्न चावहिलस्थित एफक्युब हलमा पुगे ।

बुद्धि तामाङ, विनोद पौडेलसहित फिल्मको टोलीले स्क्रिनिङपूर्व फिल्मबारे भनाइ राखे । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, अभिनेताहरु निर्मल शर्मा, रवि गिरी, निर्देशक शोभित बस्नेत पनि प्रिमियरमा देखिए ।

कास्कीको हेम्जा गाउँको सेटिङमा निर्माण गरिएको यो फिल्मले बेरोजगार युवाको संघर्षको कथा पेश गर्छ । शीर्ष भूमिकामा देखिएका अभिनेता पौडेलले प्रिमियरबाट आफूले राम्रो प्रतिक्रिया प्राप्त गरेको बताए ।

सरोज पौडेलले निर्माण गरेको यो फिल्ममा सन्दीप सिग्देल, अम्बिका तामाङलगायतको पनि प्रमुख भूमिका छ । शुक्रबार नै रिलिजको तयारीमा रहेको अर्को नेपाली फिल्म ‘नीरफूल’ले पनि बुधबार प्रिमियर समारोह आयोजना गरेको छ ।

तस्वीर सौजन्य : महम्मद जलिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?