+
+

सेल्सबेरीको अनलाइन प्लेटफम ‘इकमर्स’ सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १२:५२

काठमाडौं । डिपार्टमेन्ट स्टोर चेन ‘सेल्सबेरी ग्रुप’ले इकमर्स वेबसाइट सञ्चालनमा ल्याएको छ। सातदोबाटोस्थित कम्पनीको प्रमुख कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट सञ्चालनमा ल्याएको हो।

कार्यक्रममा सीईओ सुशिलमान प्रधानाङ्‍गले सेल्सबेरीको इकमर्स प्लेटफर्मको सुरुवात गरे ।सीईओ प्राधानाङ्‍गले अनलाइन सपिङ सेन्टरबाट ४ हजार भन्दा बढी प्रडक्टहरु, घरायसी सामान तथा खाद्य वस्तुहरु प्राप्त गर्न सकिने जानकारी दिए ।

यस डिपार्टमेन्टले अहिले ४ वटा स्थानबाट होमडेलिभरीको सेवा सुरुवात गरेको छ । काठमाडौंको सितापाइला, महाराजगञ्ज, सातदोबाटो शाखा र पोखराको चिप्ले ढुङ्‍गाबाट अनलाइन होमडेलिभरीको सेवा प्रदान गरिने उनले बताए । त्यस्तै उपभोक्ताले फोनपे, इसेवा, कार्डमार्फत पनि भुक्तानी गर्न सक्नेछन् ।

सेल्सबेरीले सो अवसरमा सेल्सबेरीले विभिन्न अफर योजना पनि ल्याएको छ। निःशुल्क डेलिभरी प्राप्त गर्ने सुविधा उपलब्ध गरएको छ भने रेफर एण्ड अर्न अफर पनि सर्वजनिक गरेको छ ।

अन्य अन्लाइन सँग सम्बन्धित जानकारी  कम्पनी को इकमर्स वेबसाइटमा राखिएको छ । उक्त  इकमर्स वेबसाइटको एप्लिकेसन गुगलको प्लय्स्टोर मार्फत डाउनलोड गर्न सकिनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?