+
+

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदपूर्ति प्रक्रिया रद्द

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १३:२०

२४ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षको पदपूर्ति प्रक्रिया रद्द गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै लिमिटेडको अध्यक्ष पदमा पदपूर्तिका लागि भएको प्रक्रिया रद्द गरेको जनाएको छ ।

गत ५ फागुनमा मन्त्रालयले अध्यक्ष पदका लागि पदपूर्तिको प्रक्रिया सुरु गरेको थियो । सरकारले १५ जेठमा घोषणा गरेको बजेटमा मन्त्रालय मातहतका विभिन्न निकाय गाभ्नका लागि भएको निर्णयअनुसार हाललाई पदपूर्ति रोकेको स्रोतले बतायो ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले मन्त्रालय मातहतको ४ वटा निकायलाई एक आपसमा गाभेर एउटा निकाय बनाउने घोषणा गरेको छ । नेपाल इन्टर मोडल यातायात विकास समिति खारेज गरेर त्यसको स्वमित्व पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडलाई दिने र विशेष औद्योगिक क्षेत्र प्राधिकरण (सेज)लाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग गाभ्ने बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?