२४ जेठ, काठमाडौं । दिपेश आले मगरको निर्णायक गोलमा एनआरटीले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।
च्यासल रंगशालमा भएको खेलमा एनआरटीले मनाङलाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो ।
एनआरटीका लागि दिपेश आले मगरले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
एनआरटीले त्यही अग्रता कायम राख्दै जित निकालेको हो ।
यस सिजन आठौं जित हात पारेको एनआरटी २५ खेलबाट ३३ अंक जोड्दै मनाङलाई नै पछि पारेर छैटौं स्थानमा उक्लेको छ ।
सातौं हार बेहोरेको मनाङ २५ खेलबाट ३२ अंकसहित सातौं स्थानमा झरेको छ ।
प्रतिक्रिया 4