+
+
वकिलको जिकिर :

‘सानु भण्डारीले ल्याकत राख्थे भने राजदूत भएरै अमेरिका जान्थे होला नि !’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १८:३२

२४ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणका आरोपी सानु भण्डारीका वकिलले भण्डारी आफैं पीडित भएको जिकिर गरेका छन् ।

तर, उनलाई मुख्य योजनाकार भन्दै प्रहरीले अभियोग पत्र पेश गरेको भन्दै उनका वकिल विनोद शर्माले अनुसन्धान आधारहीन भएको बताएका छन् ।

‘उनी त्यति शक्तिशाली भएको भए एउटा अधिकृत जस्तो कर्मचारीलाई चाकडी गरेर बस्नुपथ्र्यो ? प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहको पनि उच्च तहसम्म सम्बन्ध भएको मान्छे राजदूत भएरै अमेरिका, दक्षिण कोरिया जान्थ्यो होला नि !’, कानुन व्यवसायी शर्माले भने, ‘कहिले कर्मचारीलाई सरुवा ग¥यो भनेको छ, कहिले कार्यदलमा सदस्य बनाएको भनेको छ । त्यस्तो ल्याकत भएको भए राजदूतै हुन्थे होलान् नि ।’

अनुसन्धान अधिकृतहरुका अनुसार, काम नगरेपछि शरणार्थी प्रकरणमा समातिएको गिरोहले नायब सुब्बा सुरेन्द्र दाहाललाई सरुवा गराएको थियो । ‘शरणार्थी व्यवस्थापन प्रमुख दाहालको काम शिविरको रेखदेख गर्ने, जन्म, मृत्यु, विवाह लगायतका कामको रेकर्ड राख्ने भन्ने रहेछ, त्यो मान्छेलाई किन दबाब दिनुप¥यो ?’, अधिवक्ता शर्माले भने, ‘फेरि गृहमन्त्रालय, मन्त्रीदेखि सबैसँग साँठगाँठ भएको भए झन् ऊसँग के काम प¥यो ?’

सरकारी वकिलहरुले भण्डारीले शरणार्थी सम्बन्धी विषयमा विज्ञता नभएका गणेश केसीलाई पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको सदस्य बनाएर घुसपैठ गरेको दाबी गरेका थिए ।

तर, भण्डारीका कानुन व्यवसायी शर्माले केसी कार्यदलमा नियुक्त भएर केही गल्ती नभएको बताए ।

‘केसीले ४२९ जनाको नाम मात्र सदर गरेर परिपक्व काम गरेका छन्, त्यो यथार्थ रहेछ । अनि, उनको नियुक्ति गलत भयो ?’, शर्माले दाबी गरे, ‘अभियोग पत्रमा सानुले कार्यदलमा मान्छे राखेर सूचना बाहिर ल्यायो भनेको छ, खासमा उनले केसीलाई चिनेकै छैनन् ।’

गजेन्द्र बुढाथोकीको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको भनिएपनि अभियोग पत्रमा उल्लिखित जाहेरीमा भएका व्यक्तिहरु कसैले पनि भण्डारीलाई नचिनेको कागज गरेको भन्दै शर्माले भने, ‘जसलाई पीडित भनेको छ, त्यसले नै भण्डारीलाई चिन्दैन भने कसरी ऊ संलग्न हुन्छ ?’

नक्कली शरणार्थी प्रकरणमा बायोमेट्रिक गरेको उल्लेख भएको भन्दै शर्माले त्यस्तो भए कहाँ बायोमेट्रिक गरिएको थियो ? कसरी गरिएको थियो ? केले फोटो खिचिएको थियो वा के के भएको थियो भन्ने किन खोजिएन भन्ने प्रश्न गरेका छन् ।

‘होटलमा भएको भनेका छन्, त्यहाँ कर्मचारी थिए होलान् । सीसीटीभी थियो होला’, अधिवक्ता शर्माले भने, ‘तर, प्रमाण खोई ?’

अभियोग पत्रमा समावेश बयानमा सानुले आफूलाई पनि अमेरिका लगिदिने भन्दै अफर गरेपछि अमेरिका जानलाई पैसा बुझाएका भनेका छन् । ‘मैले मसहित परिवारका सदस्यलाई अमेरिका जान पैसा बुझाएको थिएँ’, उनले भनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?