
२५ जेठ, काठमाडौं । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको बिलिङ शाखामा काम गर्ने तीन जना कर्मचारी अस्पताललाई विश्वासघात गरेको आरोपमा पक्राउ परेका छन् ।
अस्पतालमा बिलिङका लागि प्रयोग हुँदै आएको शुक्र नामको एचएमआईएस सफ्ट्वेयरको दुरुपयोग गरेर उनीहरुले विरामीको बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्ज कम लिएको देखाएर आपराधिक विश्वासघात गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर, लतिलपुरका एसपी नवराज कार्कीका अनुसार अस्पतालले दिएको जाहेरीका आधारमा घटनामा संलग्न एक्जुकेटिभ आईपी बिलिङका रुपमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरका आशिष अर्याल र गोदावरीका २९ वर्षीय सनम देशार छन् ।
उनीहरुलाई आपराधिक लाभ तथा आपराधिक विश्वासघाट सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुरबाट ५ दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4