+
+

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम सवा २ अर्ब माथि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १५:२५

२५ जेठ, काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन समेत वृद्धि भएको छ । बिहीबार ७.२७ अंकले बढेको बजार १९३९.६१ विन्दुमा उक्लिएको छ । बिहीबार बजार ०.३८ प्रतिशतले बढेको हो । यस दिन कुल २७३ धितोपत्रको ४३ हजार १२८ कारोबारबाट ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच भएको छ । यो किनबेचबाट २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार बैंकिङ, होटल एण्ड टुरिजम, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचकमा वृद्धि देखियो । दोल्ती पावर र भूगोल इनर्जीको सेयर मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो । मनकामना स्मार्ट लघुवित्तको मूल्य समेत बढ्यो ।

रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.६४ प्रतिशतले गुमाए । खप्तड लघुवित्तको सेयर समेत धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?