
काठमाडौं । भारतीय कोर्टरूम ड्रामा फिल्मको कुरा गर्दा सुपरहिट फिल्ममा ‘जोली एलएलबी’को नाम अघि आउँछ । यस फ्रेन्चाइजका दुईवटा फिल्म रिलिज भइसकेका छन्, जसमध्ये पहिलोमा अरशद वारसीले अभिनय गरेका छन् भने दोस्रोमा अक्षय कुमारले अभिनय गरेका छन् । तर अब यो फिल्मको अर्को भागमा दुवै कलाकार सँगै देखिने खबर आएको छ ।
समाचार अनुसार ‘जोली एलएलबी ३’ मा दुवै जोली एकअर्काको अपोजिटमा हुनेछन् । हालै अरशद वारसीले यो खबरको पुष्टि गरेका छन् । अरशदले ‘जोली एलएलबी ३’ बनिरहेको र अर्को वर्ष यसको सुटिङ सुरु हुने बताए । उनले ‘जोली एलएलबी ३’ को बारेमा कुरा गर्दै यसमा अक्षय र आफू देखिने बताए ।
यसअघि दुवैले ‘बच्चन पाण्डे’मा सँगै काम गरेका थिए तर त्यो फिल्मले बक्स अफिसमा खासै कमाइ गर्न सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4