
२५ जेठ, जनकपुरधाम।प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. रामनरेश पण्डित नियुक्त भएका छन्।
मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बरिस्ठ स्त्री तथा प्रसुति रोग विशेज्ञ डा. पण्डितलाई बुधबार नै निर्देशक नियुक गरेको हो।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालमा यसअघि निर्देशक डा. प्रमोद यादव थिए।
उनलाई मधेश सरकारले केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्त गरेपछि सो पद खाली रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4