
२५ जेठ, दाङ। गर्मी बढेपछि दाङको घोराही र तुलसीपुर उपमहानगरपालिका विद्यालयमा गर्मी विदा गरिएको छ ।
अत्याधिक गर्मीले बालबालिकालाई स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै घोराही र तुलसीपुर उपमहानगरपालिकाका विद्यालयमा २६ गतेदेखि जेठ ३० गतेसम्म गर्मी विदा दिएको हो।
गर्मीका कारण पठनपाठनमा समस्या हुने भन्दै तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गर्मी विदा गरिएको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए।
घोराही उपमहानगरपालिकामा भने संस्थागत विद्यालयहरुले मात्र गर्मी विदा गरेका छन्।
घोराही नगर प्याब्सनले एक विज्ञप्ति जारी गरी गर्दै जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म संस्थागत विद्यालयमा गर्मी विदा दिएको जनाएको छ।
दाङमा पछिल्लाे तापक्रम ३८ दशवल ४ डिग्री सेल्सियस पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4