
२५ जेठ, काठमाडौं। कारागारमा रहेको थुनुवालाई छुटाइ दिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ ४२ वर्षीय सञ्च तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
उनले वैदेशिक रोजगार ठगी मुद्दामा थुनामा रहेका थुनुवालाई छुटाइ दिने भन्दै ४ लाख रुपैया लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4