+
+

डिज्नीसँग असन्तुष्ट जोनी डेपले ‘पाइरेट्स अफ द क्यारिबियन’को श्रृंखलामा काम नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १३:११

काठमाडौं । हलिउड अभिनेता जोनी डेप चर्चित फिल्म ‘पाइरेट्स अफ द क्यारिबियन’ फ्रेन्चाइजीमा क्याप्टेन ज्याक स्प्यारोको भूमिकाका लागि विश्वप्रसिद्ध छन् । यो भूमिकाले उनलाई धेरै लोकप्रियता दिलायो । उनी धेरै कमाउने सेलिब्रिटीको सूचीमा समेत उभिए ।

यद्यपि, हलिउड स्टुडियो डिज्नीसँग डेपको सम्बन्धमा यस्तो बेला पूर्णविराम लाग्यो, जतिबेला पूर्वपत्नी एम्बर हर्डले अभिनेतालाई घरेलु हिंसाको आरोप लगाइन् ।

‘घरेलु दुव्र्यवहारको प्रतिनिधित्व गर्ने सार्वजनिक व्यक्तित्व’ भन्दै अखबारमा एक आलेख लेखेपछि यसले आफ्नो चरित्रहत्या गरेको भन्दै डेपले हर्डविरुद्ध ५० मिलियन डलर क्षतिपूर्ति माग्दै मानहानीको मुद्दा दायर गरे । हर्डविरुद्ध मानहानीको मुद्दा जितेपछि धेरैले अभिनेता डेप डिज्नीको चर्चित फिल्म ‘पाइरेट्स अफ क्यारिबियन’को नयाँ श्रृंखलामा ज्याक स्प्यारोको भूमिकामा फर्किने अनुमान गरे ।

अब यसबारे नयाँ खबर छ । डेली मेलका अनुसार अभिनेता डेप डिज्नीको नयाँ ‘पाइरेट्स अफ क्यारिबियन’ फिल्ममा ज्याक स्प्यारोको भूमिकामा फर्किने छैनन् । हर्डसँगको विवादमा डेप डिज्नीको व्यवहारले खुसी थिएनन् । उक्त विवादको कारण डेपले डिज्नीको उक्त फिल्मबाट लाखौं डलरको पारिश्रमिक समेत गुमाए । मानहानी मुद्दाको सुनुवाइको क्रममा पनि डेपले डिज्नीसँगको आफ्नो सहकार्य टुंगिएका बताएका थिए । हर्डले आरोप लगाएपछि डिज्नीले डेपलाई छैटौं ‘पाइरेट्स’ फिल्मबाट हटाएको थियो ।

सन् २०२२ मा हलिउड रिपोर्टरसँगको अन्तर्वार्तामा पाइरेट्स फ्रेन्चाइजीका निर्माता जेरी ब्रुकहेमरले फिल्ममा जोनी डेप फर्कन चाहेको तर यसको भविष्य डिज्नीमा निर्भर हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?