
काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना बैंकले सार्वजनिक गरेको हो ।
ग्लोबल आईएमई बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा वा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन् । यो योजना सीमित अवधिको लागि लागु रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4