+

सातदोबाटोलाई हराउँदै लिगमा पुलिसको सुखद् अन्त्य

२०८० जेठ  २६ गते १८:५४ २०८० जेठ २६ गते १८:५४
सातदोबाटोलाई हराउँदै लिगमा पुलिसको सुखद् अन्त्य

२६ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिसले सातदोबाटो युथ क्लवमाथि १–० को रोमाञ्चक जित निकाल्दै सिजनको सुखद् अन्त्य गरेको छ ।

च्यासल मैदानमा शुक्रवार पुलिसले सातदोबाटो युथ क्लवलाई १–० गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा अहमद हिजाजीले निर्णायक गोल गरे । हिजाजीले खेलको २१ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै पुलिस लिगको सुखद अन्त्य गरेको छ । पुलिसले २६ खेलमा ४१ अंक जोड्यो । उसले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

सातदोबाटोले हारबाट सिजनको अन्त्य गरेको छ । सातदोबाटोले २६ खेलमा ३५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा रहेको छ ।

यो वर्षको लिगको उपाधि भने चर्च ब्वाइज युनाइटेडले जितेको छ ।

नेपाल पुलिस क्लब शहीद स्मारक लिग सातदोबाटो युथ क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय