
२६ जेठ, काठमाडौं। मेटा स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्राममा अब प्रयोगकर्ताले छिटै नै आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटसँग च्याट गर्न सक्नेछन् ।
प्रविधि जगतका विभिन्न समाचारहरुको अग्रीम खुलासा गर्ने चर्चित व्यक्ति Alessandro Paluzzi का अनुसार इन्स्टाग्रामले एआई एजेन्ट फिचर सुरुवात गर्न लागेको छ ।
पालुज्जीले इन्स्टाग्रामको उक्त तयारीबाट ट्वीट मार्फत् जानकारी गराएका छन् । उनले शेयर गरेको स्क्रिनशट अनुसार इन्स्टाग्रामको उक्त च्याटबटले प्रश्नहरुको जवाफ दिनुका साथै सल्लाह सुझाव पनि दिनेछ। प्रयोगकर्ताले ३० जनासम्म व्यक्ति छान्न सक्नेछन् ।
यद्यपि इन्स्टाग्रामले यो फिचर कहिलेदेखि सुरुवात गर्दैछ भन्ने चाहीँ खुलेको छैन।
गत फेब्रुअरीमा एक घोषणा गर्दै मेटा सिइओ मार्क जुकरबर्गले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको काममा केन्द्रित हुनेगरी एक नयाँ उच्च तहको प्रडक्ट टिम गठन गर्ने बताएका थिए।
एक फेसबुक पोष्टमा उनले लेखेका थिए, ‘हामीले मेटामा एउटा नयाँ उच्च तहको प्रडक्ट समूह निर्माण गर्दैछौँ जुन जेनेरेटिभ एआईको क्षेत्रमा केन्द्रित हुनेछ र यस क्षेत्रमा हाम्रा कार्यलाई तिव्रता दिनेछ ।
यसैबीच इन्स्टाग्रामले यहीँ जून महिनाको अन्त्यमा ट्वीटजस्तै माइक्रो ब्लगिङ प्लाटफर्म पनि घोषणा गर्ने बताइएको छ । यो इन्स्टाग्रामको नयाँ टेक्स्टमा आधारित संवादमूलक एप हो । यसको कोडनाम P92 तथा Barcelona राखिएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4