+
+

पोखरीमा डुबेर जाजरकोटमा २ बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते ११:१६

२७ जेठ, सुर्खेत । पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको छ ।

उनीहरू खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको जाजरकोटमा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

उनका अनुसार दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाई खेल्न गएका थिए ।

उनीहरू डुबेको स्थानीयले देखेपछि एक जनालाई मिसन अस्पताल चौरजहारी र अर्को एक जनालाई जिल्ला अस्पताल जाजरकोट लिइएको थियो । तर, दुई जनालाई अस्पताले मृत घोष्णा गरेको प्रहरी निरीक्षक थापा नेपालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?