+
+

मन्त्री पद मामुली कुरा हो : मन्त्री किराती

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते १७:४७

२७ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नराम्रो काम नगर्न निर्देशन दिएको बताएका छन् ।

शनिबार काठमाडौंको तीनकुनेमा किरात राई समुदायले आयोजना गरेको साकेला शिलि प्रर्दशन कार्यक्रममा उनले आफू सानो हुँदा आमाले र अहिले प्रधानमन्त्रीले नराम्रो काम नगर्न आग्रह गरेको बताए ।

‘मलाई आमाले सानोमा गलत काम नगर्नू भनेर अर्ती दिनुभएको छ । अहिले मन्त्री भएपछि सम्माननीय प्रधानमन्त्री तथा मेरो पार्टीका श्रद्धेय अध्यक्षले राम्रो काम गर्न अथक मेहेनत गर्नु नराम्रो गर्ने छुट छैन भनेर कडा निर्देशन दिनुभएको छ’ उनले भने ।

देश र जनतालाई धोका नदिँदा आफ्नो मन्त्री पदको सौदाबाजी भइरहेको भन्दै किरातीले भने, ‘हेक्का रहोस् म एकलब्बेको सन्तान हुँ शिर काटेर दिन तयार छु मन्त्री पद त मामुली कुरा हो । गलत अफवाहको खेती गरेर नहिँड्न  मेरो अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?