+
+

पृथ्वीको दोस्रो पत्रबाट निकालियो एक किलोमिटर लामो चट्टान

एजेन्सी एजेन्सी
२०८० जेठ २८ गते ११:१७

पृथ्वीको भित्र के छ ? यो एक ठूलो रहस्यको रुपमा रहेको छ । यसको खुलासा गर्नका लागि वैज्ञानिकहरुले विभिन्न नयाँ नयाँ प्रयोगहरु गर्दै आएका छन् ।

यस्तै एउटा अनौठो प्रयोगका क्रममा वैज्ञानिकहरुले आन्ध्र महासागरमा रहेको एटलान्टिस मेफिस पहाडमा प्वाल पारेका छन् । त्यो प्वाल पनि १ किलोमिटर गहिरो छ । JOIDES जोलुसन साइन्टिफिक ड्रिलिंग भेसलले उक्त परियोजना अघि बढाएको हो ।

यो चट्टान पृथ्वीको दोश्रो पत्र अर्थात् मेन्टलबाट निकालिएको हो । वैज्ञानिकहरुले आन्ध्र महासागरभित्र रहेको एटलान्टिस मेफिस नामको पहाडको माथि ड्रिलिङ भेसल तैनाथ गरे । त्यसपछि पहाडको खोँचबाट ड्रिलिंग गर्न सुरु गरियो । यो पहाड मिड एटलान्टिक रिजमा अवस्थित छ । डि्रलिङ करीब ४ हजार १५६ फिटको गहिराइसम्म पुग्यो ।

यो पृथ्वीको भित्र पारिएको सबैभन्दा गहिरो प्वाल भने होइन । तर यो भौगर्भिक जानकारीहरु हासिल गर्नका लागि आवश्यक छ । किनकि पृथ्वीको मध्यतहको रुपमा रहेको मेन्टलबाट कुनै चट्टान निकाल्नु निकै कठिन काम हो ।

एटलान्टिस मेफिस पहाड मेन्टलका पत्थरबाट बनेको छ । त्यसैले त्यहाँसम्म जानु र त्यसमा उत्खनन गर्नु तुलनात्मक रुपमा सजिलो भयो ।

वैज्ञानिकहरुले निकालेको सो चट्टानको नाम पेरिडोटाइट हो । पृथ्वीको मध्यपत्रको भीमकाय चट्टान निकाल्नु निकै अहम् खोजको रुपमा रहेको दाबी वैज्ञानिकहरुको छ । त्यसबाट विभिन्न ऐतिहासिक गतिविधिहरुको बारेमा जानकारी पाउन सकिने आशा उनीहरुको छ ।

शोधकर्ताहरुका अनुसार आउने कैयन् पुस्ताहरुका लागि यसले अविश्वसनीय रुपमा महत्वपूर्ण डाटाहरु प्रदान गर्न सक्दछ । वैज्ञानिकहरुले यसको माध्यमबाट चुम्बकीय शक्ति, गुरुत्वाकर्षण, टेक्टानिक फ्लो, ज्वालामूखी जस्ता पृथ्वीका विभिन्न चिजहरुको अध्ययन गर्न चाहेका छन् ।

वैज्ञानिकहरुले भन्दै आएका थिए कि पृथ्वीको तल्लो हिस्साबाट चट्टान निकाल्न सकिएमा त्यसबाट पृथ्वीको आकार, गुण तथा अवस्थितिका बारेमा सजिलैसँग तथ्यहरु पत्ता लगाउन सकिनेछ । साथै यसबाट भूकम्प आउने कारणहरुको बारेमा पनि पत्ता लगाउन सकिनेछ । यसले भूगर्भशास्त्र तथा पृथ्वीका विभिन्न भागहरुलाई बुझ्नका लागि सहयोग गर्नेछ ।

सामुद्रिक भागबाट निकालिएका चट्टानको अध्ययनबाट भूवैज्ञानिक घटनाहरुको बारेमा पनि बुझ्न सकिनेछ । साथै चट्टानमा लुकेर रहेका धातु तथा खनिजहरु पनि यसबाट पत्ता लगाउन सकिन्छ ।

पृथ्वीको मेन्टलबाट निकालिएको पेरिडोटाइट चट्टानमा ओलिभिन भेटिएको छ । यसका कारणले गर्दा चट्टानको भित्र हाइड्रोजन भरिएको हुन्छ । जसका कारण सुक्ष्म जीवहरुको जीवन सम्भव भएको हुन्छ ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?