
२८ चैत, काठमाडौं । १० वर्षअघि संवाददाताको एक टोली आफूलाई जासुस भन्ने व्यक्तिलाई भेट्नका लागि न्युयोर्कदेखि हङकङका लागि उडेको थियो । ती जासुसले उनीहरूलाई गोप्य दस्तावेज हस्तान्तरणका लागि तयार भएको सुनिश्चित गरेपछि उनीहरू त्यसतर्फ प्रस्थान गरेका थिए ।
संवाददाताको टोलीलाई हङकङ निमन्त्रणा गर्ने व्यक्ति थिए अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीमा काम गरेका एडवार्ड स्नोडन थिए । त्यसबखत २९ वर्षका स्नोडन अमेरिकाले गैरकानुनी रूपमा कसरी संसारको गोपनीयता हनन गर्दैछ भन्ने कुराको विशेष खुलासा गर्न चाहन्थे ।
उनलाई भेट्न पुगेका संवाददाताको टोलीले स्नोडनसँग एक सातासम्म अर्न्तवार्ता गरेको थियो ।
अर्न्तवार्ताको अन्त्यतिर स्नोडनसँग उनले खुलासा गर्न चाहेको विषयवस्तुको प्रमाण माग गरे । अघिल्लो साँझ प्रमाण माग गरेकोमा उनले भोलिपल्टै प्रमाण हस्तान्तरण गरे । मेमोरी कार्डमा स्नोडनले अमेरिकाले गोपनीयता मिचेको नमुना मात्रै दिएहोलान् भन्ने अड्कलबी गरिएको थियो । तर त्यसमा १० हजारभन्दा बढी डकुमेन्ट थिए ।
यसकै आधारमा द गार्जियन, द न्युयोर्क टाइम्स र प्रो पब्लिकाले सहकार्य गर्दै सनसनी मच्चाउने खबर सार्वजनिक गरिदिए ।
‘अमेरिकी र बेलायती जासुसी संस्थाले इन्टरनेटको सुरक्षा र गोपनीयतालाई कसरी हनन गर्छ एक खुलास’ शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
यो खुलासाले अमेरिकामा निकै हलचल मच्चियो । विश्वभरनै अमेरिकी र बेलायती जासुसी संयन्त्रप्रति आक्रोश पैदा भयो । यो प्रकरण सार्वजनिक भएको १ दशक भएको छ । यो अवधिमा के परिवर्तन भयो त ?
स्नोडनको खुलासापछि केही उल्लेखनीय परिवर्तन भएको छ । अमेरिका र बेलायत दुबैमा केही कानुनी सुधार गरिएको थियो । अदालतले समेत गोपनीयताको पक्षमा केही आदेश दिएको थियो । यो प्रकरण सार्वजनिक भएपछि सर्वसाधरणमा समेत सरकारी निगरानीप्रति सचेतना फैलियो । स्नोडनले अमेरिकी जासुसी संयन्त्रको प्रिजम कार्यक्रमबारे पनि खुलासा गरेका थिए । गुगल, फेसबुक, युट्युब तथा एप्पलले व्यक्तिगत विवरण जासुसी संयन्त्रलाई उपलब्ध गराउने स्नोडनले खुलासा गरेक थिए ।
सिलिकन भ्याली पहिलोपटक सर्मनाक अवस्थामा पुग्यो । उनीहरूले डेटा उपलब्ध गराउँदाको असरबारे जानकार हुँदा चौतर्फी आक्रोश पैदा भएको थियो ।
यसका बाबजुद सन् २०१३ अघि प्रविधि उद्योगले गरेका बदमासी केही हदसमम्म अझै जारी रहेको बताइन्छ । तर, उभोक्तामा भने यसबारे गहिरो सचेतना छ ।
अमेरिकी जनताको स्वतन्त्रताबारे वकालत गर्ने बेन विज्नर तथा स्नोडनका वकिल यो घटनाले सोचेको भन्दा धेरैनै परिवर्तन ल्याएको उनी बताउँछन् ।
‘स्नोडनको जेल यात्रा र विश्वम समुदायमा वेवास्ता यसके परिणाम हुनेछ भन्ने अपेक्षा राखिएको थियो । न त स्नोडन जेल पुगे न त जासुसी संयन्त्रका बदमासीमा विश्व समुदाय मौन रह्यो । यसको प्रभाव यस्तो पर्यो कि प्रविधिमार्फत गरिने निगरानी र हालै चर्चामा आएका एआइसम्ममा सुरक्षाबारे बहस भइरहेको छ,’ उनले भने ।
प्रकरणपछि स्नोडन मस्कोमा पुगे । हङकङमा बोलाएका संवाददातासँग उनी नियमित सम्पर्कमा बसे । प्रकरण सार्वजनिकबारे कुनै पछुतो नरहेको उनले बताए । ‘सन् २०१३ मा यो विषयको खुलासा सपना थियो । ‘इन्टरनेटको दुनिँया नांगियो,’ स्नोडन भन्छन् ।
खुलासापछिका उपलब्धीले स्नोडन खुशी छैनन् । प्रविधिको विकाससँगै गोपनीयता थप आक्रमणमा परेको उनको भनाइ छ, ‘एक पटकको खुलासा वा दबाबका कारणले मात्रै सबै कुरा परिवर्तन हुँदैन । यसका लागि हामीले निरन्तर दबाब र खरबदारी गर्न जरूरी छ ।’
स्नोडनको खुलासाले पुर्याएको क्षतीबारे बेलायती जासुसी संयन्त्रका पूर्व प्रमुख डेभिड ओमाण्डले भनेका छन्, ‘जनहितको लागि भनेर खुलास गरे पनि यसको असर त्यसभन्दा पर पर्यो । हामीले रूस, चीन र इरानले सुचना विश्लेषण गरिरहेको हुनसक्ने त्रासले हामीले मानव गुप्तचर कार्यनै घटायौं ।’
स्नोडनको खुलासाले पश्चिमाहरूको जासुसी संयन्त्रमा प्रश्न उठाए पनि रूसी र चिनियाँबारे मौन बसेर विभेद गरेको बताए । बेलायती जासुसी संयन्त्रमा साइबर सुरक्षा मामिलाका महाप्रबन्धक सियरन मार्टिनले भनेका छन्,’स्नोडनको खुलासाले प्रजातान्त्रिक पक्षधरका जासुसी संयन्त्रलाई खराब देखाउँदा चीन र रूसबारे मौन बस्यो । इन्टरनेटको दुनिँयामा हामीलाई निकै निन्दनीय बनाइयो ।’
जासुसी संयन्त्रले स्नोडनको खुलासाविरूद्ध वा त्यसले पुर्याएको क्षतीको कुनै प्रमाणनै दिन नसकेको उनी बताउँछन् । ‘१० वर्षपछि क्षतीको हिसाब गर्दा यसको दाबी गर्नै कठिन छ,’ बेलायती जासुसी संयन्त्रका पूर्व महाप्रबन्धक मार्टिनले भने ।
स्नोडनको खुलासापछि बेलायती जासुसी संयन्त्रनै परिवर्तन भयो । गोप्य जासुसी निकायमा केही खुलापन देखियो । जासुसी संयन्त्रले आफ्नो शाखा विस्तार गर्यो । त्यसपछि उसले संयन्त्र अन्तर्गतनै राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गर्यो । यसले बेलायतको साइबर सुरक्षा नीतिमा धेरै परिवर्तन गर्यो ।
यस प्रकरणले स्नोडनलाई सबैभन्दा बढी असर पुर्यायो र उनमा मानसिक तनाव उत्पन्न भयो । हङ्कङ्कबाट इक्वेडरका लागि उडेका स्नोडन रूसमा अपरहरणमा परेकोझैँ स्थितिमा भेटिएका थिए । यदि उनी इक्वेडरमा पुगेका हुन्थे भने उनी हाल अमेरिकी हिरासतमा पुगेका हुनेथिए । रूसमा स्नोडनको निर्वासनले निकै आलोचना पनि भइरहेको छ । स्नोडनले रूसी नागरिकता समेत पाएका छन् ।
अमेरिका र बेलायतको जासुसी संयन्त्रको बदमासीको खुलासा गरेका स्नोडनले रूसले मानवअधिकार उल्लंघन गर्दा र स्वतन्त्रता सम्बन्धि अधिकार हनन गर्दा स्नोडन मौन रहेको रहेको उनको आलोचना भएको छ । यद्यपी यस प्रकरणमा उनी बोलेका छन् । रूसको सरकार निकै भ्रष्ट रहेको र निर्वाचनमा धाँधली गराउने खालको रहेको भन्दै आलोचना गरेका थिए । तर पुटिनमाथिको कुनैपनि आक्रमणले उनलाई खतरामा पुर्याउनेमा स्नोडन सचेत छन् ।
दुइवर्षअघिसम्म स्नोडन अखबारका अर्न्तवार्तामा भेटिन्थे । ट्वीटरमा उपस्थित जनाउँथे । अहिले उनी गुमनामझैँ देखिन्छन् ।
खैर, यो प्रकरणपछि विश्व निकै अघि बढेको छ । स्नोडनको खुलासापछि ठूला कम्पनीले कसरी सरकारलाई जासुसीमा सहयोग गर्छ र डेटामा शक्तिशाली मुलुकका सरकारले कसरी घुसपैठ गर्छन् भन्ने कुरामा निकै सचेतना फैलिएको छ ।
अनुहार पहिचान गर्ने सफ्टवेयर, एआई तथा पेगासस जस्ता जासुसी सफ्टवेयरको समयमा आफ्नो खुलासालाई फर्केर हेर्दा केटाकेटीको खेल जस्तै अनुभव हुने उनी बताउँछन् । शक्तिशाली मुलुकका सरकारले अनैतिक जासुसी जारीनै राखेर व्यक्तिको गोपनीयता हननको श्रृंखला कायमै राख्ने स्नोडन बताउँछन् । ‘हामीले विश्वास गरेको सरकारलेनै हामीलाई धोका दियो । हामीबाट अनैतिक फाइदा प्रविधि कम्पनीले उठाउनेछैन भन्ने विश्वासमा ती कम्पनीले घात गरे । यो घात-प्रतिघातको श्रृंखला जारी रहनेछ किनभने सत्ता र शक्तिको चरित्रनै धोकेबाज हो,’ स्नोडन भन्छन् ।
प्रतिक्रिया 4