+
+

रूस्लान भोड्का अब नयाँ आकर्षक बोतलमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १३:४५

काठमाडौं । रूस्लान भोड्का उत्पादन हुन थालेको ५० वर्ष पुरा भएको छ । सो अवसरमा कम्पनीले आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिएको छ ।

आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिइएको कम्पनीले जनाएको छ ।

सन् १९७३ मा स्थापित रुस्लान ब्राण्डले हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी रहेको बताएको छ । जसले गर्दा बोतलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिन्छ ।

आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिंदै आएको कम्पनीले जनाएको छ । ग्राहकको चाहनालाई मध्यनजगर गर्दै सिर्जनशीलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रुपमा उत्पादन एवं बोटलिङ गर्दै आएको छ र आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । हाल सार्वजनकि गरिएको बोतल यसैको निरन्तरताको स्वरुप उत्कृष्ट र आकर्षक बोतल बजारमा ल्याएको हो ।

रुस्लान भोड्काले तपाईंको खुशीयाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिनेछ । त्यसैले रुस्लान भोड्का पारखीहरुको पहिलो रोजाइ र छनोट रहँदै आएको छ । अब तपाईंले रुस्लान भोड्का ७५० एमएल, ३७५ एमएल, १८० एमएलको प्रिमियम बोतलहरू नजिकैका पसलहरूमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?