
काठमाडौं । घरायसी काममा आधारित सेवा प्रदायक कम्पनी भेटायोले भवन निर्माणको काम पनि सुरु गर्ने भएको छ । भेटायोका अनुसार दक्ष प्रविधिक एवम् प्रविधिको प्रयोग गरी संरचनात्मक डिजाइनदेखि सम्पूर्ण निर्माण तथा सरसफाइसम्मको काम गरिने छ ।
समयको माग अनुसार बजारमा आधुनिक, दक्ष र वातावरणमैत्री निर्माण प्रविधिको विकास भएको भन्दै भेटायोले लगातार नयाँ प्रविधिको प्रयोग गर्दै उच्च कोटीको संरचनात्मक काम र प्रयोगकर्ताहरूलाई सुलभ मूल्यमा ग्राहकहरूको मागलाई पूरा गरिने भेटायोले बताएको छ ।
७० लाखमा निर्माण हुने भवनको विशेषताहरूः
- कुल निर्माण क्षेत्रः २००० वर्ग फुट
- साइट सर्वेक्षण, डिजाइन, संरचनात्मक विश्लेषण, लागत अनुमान, परियोजना सुपरीवेक्षण र हस्तान्तरण
- सामग्री प्रकारः आरसिसि, स्टील्स, हाइब्रिड (नवीनतम प्रविधि)
- घर पेन्ट
- ग्रेनाइट र टाइल भान्छा र बाथरूम
भेटायोलाई किन रोज्ने ?
- एकीकृत डिजाइन–निर्माण दृष्टिकोण
- उन्नत योजना व्यवस्थापन
- दिगोपन
- प्राविधिक विकास
निर्माणसम्बन्धी सेवाहरू काठमाडौं उपत्यका भित्रका ग्राहकहरूका लागि मात्र उपलब्ध हुने भेटायोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4