+
+

काठमाडौंमा वातावरण साहित्यमाथि चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १४:१७

काठमाडौं । आठौं वातावरण साहित्य गोष्ठी काठमाडौंमा आयोजना गरिएको छ । गोष्ठीमा पर्या साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन, पुरस्कार वितरण, कविता वाचन गरियो । इको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि एक दिवसीय वातावरण साहित्य गोष्ठी गरिंदै आएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर सरगम प्रकाशन प्रालि तथा साहित्य पोस्टको सहयोगमा विश्व नेपाल साहित्य महासंघ आयोजनामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानले जानकारी दिए ।

सन् २०१६ देखि बेलायतमा रहेका नेपाली साहित्य संगठनको सहकार्यमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिंदै यस वर्ष पनि इको साहित्यमाथि चर्चा–परिचर्चा गरिएको हो । ‘पर्या–साहित्य गोष्ठीमा  भारत, भुटान र नेपालका साहित्यकारले पर्या–साहित्यमा कार्यपत्र पेस गरेका थिए ।

पर्या–साहित्यका सिद्धान्तकार डा. गोविन्दराज भट्टराई विशेष सल्लाहकार रहेको गोष्ठीमा भुटानका डा. शिवराज भट्टराई, नेपालका डा. नन्दिनी भेल्यो र सलिल सुवेदीको विशेष प्रस्तुति रहेको थियो । त्यसैगरी पर्यावरण साहित्यमा लेखिएका चार पुस्तक पर्या–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, पर्या–प्रेमको गुञ्जन, ब्लु प्लानेटको अंग्रेजी संस्करण समेत विमोचन गरिएको छ ।

साहित्यपोष्टमा वर्षभरि प्रकाशित उत्कृष्ट तीन कविताका कविलाई पुरस्कृत गरिएको छ । प्रथम पुरस्कार भ्यागुताको बिहे कविताको लागि डा. विप्लव ढकाल,  दोस्रो पुरस्कार वासुदेव अधिकारीको हिउँमारा तापमान र तेस्रो पुरस्कार कवि कृष्ण बाउसेको डाइनोसरको भजनलाई पुरस्कार तथा प्रमाणपत्र प्रधान गरिएको थियो  ।

कार्यक्रममा नेपाली पर्या साहित्य प्रतिष्ठानको समेत घोषणा गरियो । प्रतिष्ठानलाई डा. गोविन्दप्रसाद भट्टराईले एक लाख सहयोग प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?