+
+

पेशागत महासंघले भन्यो :  भारतलाई कूटनीतिक नोट पठाऊ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १५:५०

२८ जेठ, काठमाडौं। पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्शा राखेको सम्बन्धमा कूटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ।

भारत सरकारले आफ्नो नयाँ संसद भवनमा नेपालको भूमि समेटिएको नक्शा राखेकोप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो।

साथै महासंघले विगतमा भएका असमान सन्धी सम्झौता खारेज गर्न र प्राकृतिक श्रोत साधनसम्बन्धी सन्धी सम्झौता नेपालको हीत अनुरुप लागू गर्न सरकारसँग माग गरेको छ ।

आइतबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै पेशागत महासंघ नेपालका महासचिव राजन रेग्मीले महासंघले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको बताए।

उनले विगतमा भएका अनियमितता र भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाही गर्नका साथै बुहदलीय व्यवस्थाको पुनःस्थापना यता राजनीतिक व्यक्ति र कर्मचारीतन्त्र भित्रका अकुत स्म्पती कमाउने व्यक्तिहरुको सम्पती छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेको बताए ।

महासंघको लोगो, नाम, झण्डा, छाप लगायका सामानहरुको दुरुपयोग गर्नेहरुलाई कारबाही गर्न पनि महासंघले माग गरेको छ। उनले आम श्रमीकका माग सम्बोधनका लागि उच्चस्तरी श्रम आयोग गठन गर्नपनि माग गरे।

कर्मचारीहरुले पाइरहेको कुनैपनि सेवा सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ। उनले संघीय निजामती सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन लगायतका ऐनहरु चाँडो भन्दा चाँडो जारी गर्न सरकारसँग माग गरिएको बताए।

महासंघले उच्चस्तरीय तलव सुविधा आयोगले नेपाल सरकार समक्ष सिफारिस गरे अनुसारको तलव सुविधा लागू गर्न सरकारसँग माग गरेको छ।

सहकारीका समस्या समयमै समाधान गर्न, सार्वजनिक संस्थानहरुको सुधार गरी ७५३ वटै पालिकासम्म सेवा बिस्तार गर्न पनि ध्यानाकर्षण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?