+

६ कारण, जसले बढाउँछ खराब कोलेस्टोरल

२०८० जेठ  २८ गते १७:३० २०८० जेठ २८ गते १७:३०
६ कारण, जसले बढाउँछ खराब कोलेस्टोरल

कोलेस्टोरल भन्नासाथ मान्छेहरु झस्किन्छन् । तर कोलेस्टोरल हाम्रो शरीरलाई आवश्यक तत्वमध्येमा पर्छ । खासमा कोलेस्टोरल हाम्रो कोषमा पाइने एक प्रकारको बोसो (लिपिड) पदार्थ हो । शरीरको प्रत्येक कोषको बाहिरी तह (सेल मेम्ब्रेन)को बनावटका लागि यो आवश्यक पर्छ । यो राम्रो कोलेस्टोरल हो ।

रगतको नलीहरूमा राम्ररी रक्तप्रवाह गर्न र शरीरका कोषहरूको बनोटमा कोलेस्टोरलको भूमिका र आवश्यकता हुन्छ । तर कोलेस्टोरलको मात्रा रगतमा चाहिनेभन्दा बढी भयो भने रगतको नली, कलेजो, मुटुमा जम्मा हुन्छ । विशेषगरी रगतको नलीमा यो जम्मा हुन्छ र रगतको नली साँघुरिएर रक्तप्रवाह राम्ररी नहुने र त्यसले गर्दा पक्षघात, हृदयघात र मुटु रोगको जोखिम बढ्न सक्छ ।

कोलेस्टोरल मुख्यतया दुई प्रकारका हुन्छन् । शरीरमा राम्रो काम गर्ने ‘एचडीएल कोलेस्टोरल’ र शरीरमा नराम्रो प्रभाव पार्न सक्ने नराम्रो ‘एलडीएल कोलेस्टोरल’ ।

गुड कोलेस्टोरल जसलाई ‘एचडीएल’ भनिन्छ, त्यसले रगतको नलीमा बोसो जम्नबाट बचाउँछ । बढी भएको नराम्रो कोलेस्टोरललाई कलेजो मार्फत शरीरमा निष्क्रिय बनाइदिन्छ । शरीरका कोषहरूको बनोटको लागि गुड कोलेस्टोरल जरुरी हुन्छ ।

यससँगै हाम्रो शरीरमा खराब कोलेस्टोरल पनि हुन्छ, जसलाई एलडीएल अर्थात् लो डेन्सिटीलिपोप्रोटिन भनिन्छ । यो कोलेस्टोरलले कोरोनरी धमनीमा बाधा गर्छ । कोरोनरी धमनीले मुटुको मांसपेशीमा रगत प्रवाह गर्छ । यो यस्तो कोलेस्टोरल हो, जुन मुटुरोग तथा हृदयघातको प्रमुख कारण मानिन्छ ।

शरीरमा जब यो कोलेस्टोरल बढ्दै जान्छ, झट्ट त्यस्तो कुनै संकेत देखिंदैन । सर्वसाधारणले अन्य रोग झैं यसलाई सजिलै पहिचान गर्न सक्दैनन् । त्यसैले कोलेस्टोरल बढ्दै गए पनि मान्छेले यसको नियन्त्रणका उपाय अपनाइरहेका हुँदैनन् ।

त्यसो भए किन बढ्छ त कोलेस्टोरल ?

मोटोपन

मोटोपन भएका मान्छेमा बोसोको मात्रा बढी हुन्छ, जसले खराब कोलेस्टोरल पनि बढाउँछ । यद्यपि मोटोपन भएको सबैमा कोलेस्टोरल नै हुन्छ भन्ने चाहिं छैन ।

वंशाणुगत

वंशाणुगत कारणले पनि मान्छेमा खराब कोलेस्टोरल बढेको हुन सक्छ । यदि परिवारका कुनै सदस्यमा खराब कोलेस्टोरल उच्च छ भने सन्तानमा त्यो समस्या देखिन सक्छ ।

निष्क्रिय दिनचर्या

प्रायः निष्क्रिय बस्ने, शारीरिक काम नगर्ने र व्यायाम नगर्ने मान्छेमा कोलेस्टोरलको जोखिम बढी हुन्छ ।

उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्यामा

उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या भएकालाई पनि खराब कोलेस्टोरलको समस्या हुन सक्छ ।

रातो मासु, जंकफुड

कतिपय यस्ता खानपान हुन्छ, जसले कोलेस्टोरलको मात्रा बढाउन सक्छ । जस्तो, रातो मासु, जंकफुड, तारेको खानेकुराले यस्तो समस्या निम्त्याउँछ ।

जाँड, रक्सी र चुरोट

जाँड, रक्सी र चुरोट खानेहरुलाई कोलेस्टोरलको समस्या हुने उच्च भय हुन्छ ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्सालसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

कोलेस्टोरेल डा. कमल लम्साल
डा. कमल शर्मा लम्साल
लेखक
डा. कमल शर्मा लम्साल
वरिष्ठ मुटुरोग विशेषज्ञ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल हाल काठमाडौं चावहिलस्थित ओम अस्पतालर र नयाँ बानेश्वरस्थित एभरेष्टअस्पतालमा कार्यरत छन् । उनले इन्टरनल मेडिसिनमा एमडी र कार्डियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३३३८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

शिरोधारा के हो, किन गरिन्छ ?

शिरोधारा के हो, किन गरिन्छ ?