+

अष्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिप, भारत लगातार दोस्रो पटक फाइनलमा पराजित

२०८० जेठ  २८ गते १७:३७ २०८० जेठ २८ गते १७:३७
अष्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिप, भारत लगातार दोस्रो पटक फाइनलमा पराजित

२८ जेठ, काठमाडौं । भारतलाई हराउँदै अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप जितेको छ ।

इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा भारतलाई २०९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाको पहिलो पल्ट टेष्ट च्याम्पियनसिप उपाधि जितेको हो ।

यसअघि पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सिरिजको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको भारत २०२१–२३ को सिरिजमा अस्ट्रेलियासँग परासिजत भएको हो ।

पहिलो पारीमा २९६ रन बनाएको भारत दोस्रो पारीमा २३४ रनमा अल आउट भयो ।

पहिलो पारीमा ४६९ रन बनाएको अस्ट्रेलियाले ८ विकेट गुमाएर २७० रन बनाएको स्थितिमा पारी समाप्तको घोषणा गर्दै भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो ।

त्यो लक्ष्य पछ्याउने क्रममा भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहोली ४९ रनमा तथा अजिन्क्या रहाने ४६ रनमा आउट भए ।

अस्ट्रेलियालाई १६ लाख डलर पुरस्कार

टेष्ट च्याम्पियनसिप उपाधि विजेता अस्ट्रेलियाले १६ लाख अमेरिकी डलर अर्थात २१ करोड १० लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कार पाएको छ ।

पराजित भारतले भने ८ लाख डलर मात्र पाएको छ ।

यस्तै च्यािम्पयनसिपमा तेस्रो भएको दक्षिण अफ्रिकाले ४ लाख ५० हजार तथा चौथो भएको इंग्ल्याण्डले ३ लाख ५० हजार डलर पुरस्कार पाएका छन् । पाँचौ स्थानमा रहेर श्रीलंकाले २ लाख डलर पाएको छ ।

छैटौंदेखि नवौं भएका न्युजिल्याण्ड, पाकिस्तान, वेष्ट इण्डिज र बंगलादेशले समान १ लाख डलर पुरस्कार पाएका छन् ।

अस्ट्रेलिया क्रिकेट भारतीय क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय