
काठमाडौं । शाहरुख खान र यशराज फिल्म्सको फिल्म ‘पठान’ आगामी आइतबारदेखि टेलिभिजनमा प्रिमियर हुँदैछ । यही सन्दर्भमा फ्यानले उनको निवास मन्नतअघि उभिएर शाहरुखको सिग्नेचर पोजमा डान्स गर्दै गिनिज विश्व कीर्तिमान रचेका छन् ।
३०० जना फ्यानले मन्नतअघि उभिएर हात फैलाउँदै यो कीर्तिमान रचे । फ्यानलाई साथ दिंदै शाहरुख निवासको बाल्कोनीमा उभिएर हात फैलाए । साथै सयौं फ्यानको लागि मुस्कान साटे । १८ जुनमा गोल्डस्टार टिभीमा हुने प्रिमियरलाई खास बनाउने उद्देश्यसहित फ्यानले यो कीर्तिमानको प्रयत्न गरेका हुन् । गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले पनि फ्यानको यो प्रयासलाई कीर्तिमानको मान्यता दिएको छ ।
स्टार गोल्ड मात्र होइन, विश्वभर छरिएका शाहरुखका फ्यानलाई यो कीर्तिमानले पक्कै खुसी दिलाएको हुनुपर्छ । ‘शाहरुख र उनका फ्यानहरु यो कार्यका लागि एकसाथ उभिंदा हामी गर्व गर्छौं,’ स्टार गोल्डका प्रवक्ताले टाइम्स अफ इण्डियासँग भने ।
यो उपलब्धिको लागि शाहरुख बाल्कोनीमा उभिएर फ्यानलाई बधाई र धन्यवाद समेत दिए । पठानले विश्वभर एक हजार करोड भारुभन्दा बढी कमाइ गरेको छ ।
प्रतिक्रिया 4