+

उरुग्वेले पहिलो पटक जित्यो यू-२० विश्वकप उपाधि

२०८० जेठ  २९ गते ८:४२ २०८० जेठ २९ गते ८:४२
उरुग्वेले पहिलो पटक जित्यो यू-२० विश्वकप उपाधि

२९ जेठ, काठमाडौं । छिमेकी अर्जेन्टिनामा भएको फिफा यू-२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ ।

उरुग्वेले सोमबार बिहान भएको फाइनलमा इटलीलाई १-० ले पराजित गर्दै पहिलो पटक यू-२० विश्वकप जितेको हो ।

उरुग्वेका लागि लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।त्यही गोल नै उरुग्वेलाई उपाधि जिताउन निर्णायक बन्यो  ।

यसअघि १९९७ र २०१३ मा उपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो ।

अर्जेन्टिनाले सर्वाधिक ६ र ब्राजिलले ५ पटक यू-२० विश्वकप जितेका छन् ।

उरुग्वे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय