+

प्रिन्स र रशिला एशियन गेम्सका लागि छनोट

२०८० जेठ  २९ गते १०:४९ २०८० जेठ २९ गते १०:४९
प्रिन्स र रशिला एशियन गेम्सका लागि छनोट

२९ जेठ, काठमाडौं । प्रिन्स दाहाल र रशिला महर्जन यसै वर्षको सेप्टेम्बरमा चीनको गाङ्गजाउमा हुने १९ औं एशियन गेम्सका लागि छनोट भएका छन्  ।

नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जन सहित सुनिल जोशी र जेशिका गुरुङ्ग छनोट भएका छन ।

बैकल्पिक खेलाडीमा पुरुषतर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट भएका छन् ।

चारै खेलाडीको एशियन गेम्सको यात्रा पहिलो हो । एशियन गेम्समा ब्याडमिन्टनको उपलब्धीलाई हेर्ने हो भने पुरुष टिम इभेन्टसमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ ।

‘कोरियाको इन्चोनमा भएको १७ औं र इन्डोनेसियामा भएको १८ औं एशियन गेम्समा हामी पुरुष टिम इभेन्ट्समा क्वाटरफाइनलसम्म पुग्दै पाचौं स्थान हासिल गर्न सफल भएका छौ । तर अहिले खेलाडीको स्तर राम्रो भएता पनि खेलाडीको कोटा कम भएकोले हामी टीम इभेन्ट्समा प्रतिस्पर्धा गर्न सक्दैनौं,’ अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए ।

खेलाडीको स्तरलाइ हेर्दा प्रिन्स जुनियरतर्फ विश्व नम्बर एक रहिसकेका छन् ।

यस्तै रशिला जुनियर युगलतर्फ विश्व छैटौं स्थानमा रहिसकेको संघका सचिव नविन विक्रम शाहले जानकारी गराएका छन् ।

छनोट हुन सफल खेलाडीहरुको मनोबल उच्च पार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का  सदस्य सचिव टंकलाल घिसिङ्गले खेलाडीहरुलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना दिए ।

प्रिन्स दाहाल रशिला महर्जन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय