
२९ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ ।
संवैधानिक परिषद्को २५ वैशाखमा बसेको बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले बहुमतले अनुमोदन गरे कार्की प्रधानन्यायाधीश बन्नेछन् । तर उनको कार्यकाल २० साउनसम्म मात्र हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4