+

बालबालिकालाई कस्तो योगाभ्यास गराउने ?

२०८० जेठ  २९ गते १३:२५ २०८० जेठ २९ गते १३:२५
बालबालिकालाई कस्तो योगाभ्यास गराउने ?

बालबालिकाको शरीर होस् वा मस्तिष्क निकै संवेदनशील हुन्छ । यो उमेरमा नै शारीरिक तथा मानसिक विकासक्रम हुने भएकाले तुलनात्मक रुपमा हुर्किंदै गरेका बालबालिकाको लागि वयस्क र वृद्धभन्दा बढी योग जरुरी हुन्छ ।

बढ्दो उमेरसँगै उनीहरुमा हार्मोनल, मानसिक तथा भावनात्मक परिवर्तन पनि सँगै भइरहेका हुन्छन् । त्यससमय योग सिकाएर बानी बसाल्न सकियो भने उनीहरुको सन्तुलित विकासमा सहयोग पुग्छ । यसले शरीरमा भइरहने परिवर्तनलाई सहज र बाधारहित बनाउँछ । शरीरलाई लचिलो हुन सहज बनाएर उचाइ बढाउन मद्दत गर्नुका साथै चुस्त, दुरुस्त र फूर्तिलो बनाउँछ । तसर्थ, बालबालिकालाई योग आवश्यक छ ।

कस्तो योगाभ्यास सिकाउने ?

बालबालिकालाई खेलमा आधारित सिकाउनुपर्छ, जसले उनीहरुमा योग गर्ने चाहना बढोस् र मनोरञ्जन पनि लिन सकुन् ।

१. भुजंगासन

यो योगाभ्यास बालबालिकाको विकासको लागि राम्रो हुन्छ । सर्पको आकृतिमा बसेर गरिने यो अभ्यासले मेरुदण्डलाई लचिलो बनाउँछ । पाचन क्षमता र श्वासप्रश्वास प्रणालीलाई पनि भुजंगासनले फाइदा पुर्‍याउँछ ।

२. वृक्षासन

वृक्षासन बालबालिकाले मनोरञ्जन लिन सक्ने उपयोगी योगाभ्यासमध्ये पर्छ । यसले शारीरिक, मानसिक सन्तुलन कायम गरेर मानसिक एकाग्रताको क्षमता विकास गर्छ ।

३. सर्वाङ्गासन र हलासन

यी दुई आसन शरीरलाई उल्टो बनाएर गरिने अभ्यास हुन् । अर्थात्, टाउको तल, खुट्टामाथि । यी दुवै आसनमा रक्तसञ्चारको प्रवाह टाउकोतर्फ पुग्छ । जसले मानसिक स्वास्थ्यलाई सुधार गर्छ । र, दिमागलाई शान्त राख्छ ।

४. सूर्य नमस्कारको चक्र

बालबालिकालाई १२ आसन भएको सूर्य नमस्कार गराउन सकिन्छ । यसले शरीरको सम्पूर्ण विकासमा भूमिका खेल्छ । जस्तै, जोर्नी, मांसपेशी, उनीहरुका अंगहरुको बनावटलाई आवश्यक कसरत प्रदान गर्छ । सूर्य नमस्कारमा मन्त्र पनि छ । मन्त्रले मानसिक विकास र चक्रले शारीरिक विकास गर्छ ।

५. प्राणायाम

बालबालिकालाई सानैदेखि प्राणायाम जरुरी हुन्छ । हिजोआज प्रदूषणले गर्दा शरीरले स्वस्थ ऊर्जा प्राप्त गर्न नसक्ने हुँदा प्राणायाम आवश्यक छ । जसले मानसिक क्षमता, मनोबल, एकाग्रता बढाउँछ । यसले रोगसँग लड्ने तागत पनि दिन्छ ।

प्राणायाममध्ये पनि बालबालिकाको सबैभन्दा राम्रो भ्रामरी र शीतकारी  प्राणायाम हो । भ्रामरी प्राणायामले इन्द्रियहरुलाई स्वस्थ राख्छ । यो प्राणयाम गराउँदा धेरै सास नरोकी अनुलोमविलोमको अभ्यास गराउनु फाइदाजनक हुन्छ । शीतकारी  प्राणायामले बालबालिकालाई आराम दिन्छ । पेटको रोग र रिसलाई शान्त गर्छ ।

६. ध्यान

बालबालिकालाई कुनै कुराप्रति एकाग्र बनाउन ध्यान गराउन सकिन्छ । मूर्ति, उदाउँदै गरेको घाम, खुला आकाश, कुनै संगीतको धुन, गायत्री मन्त्र सहज ध्यान गराउन सकिन्छ । यस्ता किसिमको ध्यानले उनीहरुको पढाइमा हुने तनाव, मानसिक उल्झन, रिस र क्रोधलाई हटाउन सक्छ । मानसिक र आध्यात्मिक ध्यानले पनि ठूलो योगदान दिन्छ ।

(डा. अधिकारी योग तथा जीवनशैली प्रशिक्षक हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

बालबालिका योगाभ्यास
लेखक
डा. राजु अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?