+
+

ऋण तिर्न बजेट खर्च गर्नु परेकाले पूँजीगत खर्च घट्यो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १३:५४

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्न बजेट धेरै खर्च गर्नु परेका कारण पूँजीगत खर्च घटेको बताएका छन् । ऋण ब्याज तिर्ने दायित्व बढ्दा पूँजीगत खर्चमा चाप बढेको भन्दै उनले ऋणको दायित्व बढ्दा यो अवस्था आएको बताए । यद्यपि आगामी आर्थिक वर्षमा आन्तरिक ऋण र बाह्य दुवै ऋण कम लिने योजना बनाएको उनको तर्क छ ।

आन्तरिक ऋण जीडीपीको ५ प्रतिशत भन्दा बढाउन नमिल्ने भन्दै उनले पूँजीगत खर्च लक्ष्य अनुसार गर्न प्रयास गर्ने बताए । त्यसका लागि कार्ययोजना बनाएको समेत तर्क गरे ।

राजस्व बढाउन कागती निचोरेजस्तो नगरी सबैले कर तिर्ने वातावरण बनाएर संकलन गरिने उनले बताए । बजेटको आकार एकातर्फ ठूलो भयो भन्ने र अर्कोतर्फ बजेट पुगेन भन्दै माग्ने प्रवृत्तितर्फ भने उनले व्यङ्ग्य गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?