+
+

रैथाने विश्वविद्यालय स्थापनाबारे अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन

रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । समितिले ४५ दिन अध्ययन, अनुसन्धन गरी प्रतिवेदन तयार गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १७:३३

२९ जेठ, काठमाडौं । रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । समितिले ४५ दिन अध्ययन, अनुसन्धन गरी प्रतिवेदन तयार गरेको हो ।

प्रतिवेदनमा रैथानेको परिभाषा, विभिन्न जातिका सीप, कला संस्कृतिलाई चिनाइको छ । विश्वविद्यालय सञ्चालन गर्न राज्यलाई कम भार पर्ने समुदायगत सहभागिता (गुठियार) पद्धति समावेश गर्न सिफारिस गरिएको समितिका सदस्य प्राज्ञ राजन मुकारुङ्ले बताएका छन् ।

डाक्टर मानबहदुर विकको संयोजकत्वमा बनेको ५ सदस्य समितिले ३३ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनको गहिरो अध्ययन गरी विद्यालय स्थापना प्रक्रियाका बाँकी काम अगाडि बढाइने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले बताए ।

समितिको सदस्यमा प्राज्ञ राजन मुकारुङ, मुन्धुमविद् भोगिराज चाम्लिङ, कानुनविद् गिता चौधरी र सदस्य सचिवमा डाक्टर सुरेश सुरस थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?