+
+

पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्षलाई कालोमोसो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १८:२५

२९ जेठ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई सोमबार नेपाल विद्यार्थी संघका  कार्यकर्ताले कालोमोसो दलेका छन् । सोमबार क्वार्टरमा पुगेर उनीमाथि नेविसंघका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयभित्र देखिएको समस्या समाधान गर्न चासो नदेखाएपछि कालोमोसो दलिएको विद्यार्थी नेता योगराज दाहालले बताए ।

सेवा आयोगबाट कर्मचारी नियुक्ति गर्न मनोमानी गरेको, पटकपटक औपचारिक रूपमा उठाएको माग सम्बोधन गर्न चासो नदेखाएपछि कालोमोसो दलेको विद्यार्थीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?