+
+

कोशी सरकारले पहिचान पक्षधरलाई पठायो पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते २०:०९
वार्ता टोली संयोजक तिलकुमार मेन्याङ्बो 

२९ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि पत्र पठाएको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई पत्र पठाएको हो । पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने बताएको थिए । त्यसपछि सोमबार प्रदेश सरकारले समितिलाई वार्तामा बोलाएको हो ।

फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । भूगोलका आधारमा नाम राखेपछि पहिचान पक्षधरले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका थिए । पहिचान पक्षधरसँग वार्ताका लागि सरकारले मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?