+
+

मिस नेपाल नर्थ अमेरिका-२०२३ का अन्तिम १८ प्रतिस्पर्धी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते ११:१९

काठमाडौं । डायस्पोराको प्रतिष्ठितमध्येको सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिका-२०२३ का फाइनलिस्ट घोषणा भएका छन् । ड्रिम्स युनिभर्सलले विज्ञप्ति जारी गर्दै अन्तिम १८ जना प्रतिस्पर्धी घोषणा गरेका हो । साथै, आगामी जुलाई २२ मा ग्राण्ड फिनाले हुने समेत जनाइएको छ ।

फाइनलिस्टमा आयुष समाल, चाँदनी जोशी, इशा सुवेदी, गृष्मा गौतम, झरना लुइँटेल, जुब्ली शेर्पा, खुश्बु मण्डल, मणिकला गुरुङ, मेजिना महर्जन, रचना पोखरेल, रजिला बास्तोला, रीना श्रेष्ठ, सदीक्षा कार्की, संस्कृति लम्साल, सृष्टि राई, स्मृति श्रेष्ठ, स्नेहा वन र शुभेच्छा कार्की छन् ।

फिनालेमा सहभागी हुन हिडन ट्रेजरका प्रतिनिधिसहित मिस अर्थ २०२० सुप्रिया श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की र पति तथा अभिनेता आयुष्मान जोशी, टिकटकर रेश्मा घिमिरे लगायत न्युयोर्क पुग्ने ड्रिम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

मिस नेपाल नर्थ अमेरिकाको विजेताले मिस नेपालको फिनालेमा प्रतिस्पर्धाको मौका पाउने सम्झौता यसअघि नै हिडन ट्रेजर र ड्रिम्स युनिभर्सलबीच भइसकेको छ । यसैबीच, ड्रिम्स युनिभर्सल र चिल्ड्रेन अफ युनिभर्सले शिक्षा र स्वास्थ्यजस्ता सुविधाबाट बञ्चित नेपाली बालबालिकाको स्तर सुधार्न सहकार्य गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?