+
+

तनहुँमा बोराभित्र भेटियो महिलाको शव

रासस रासस
२०८० जेठ ३० गते १५:११

३० जेठ, दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र मंगलबार एउटा शव फेला परेको छ । चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए । घटनास्थलमा डीएसपी खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उनले भने, ‘प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।’

व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । ‘शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन’, प्रनाउ खाँणले भने । उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?