+
+

साढे ३ महिना यताकै उच्च विन्दुमा नेप्से, कारोबार रकम ५ महिनापछिकै धेरै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १५:४८

३० जेठ, काठमाडौं । सेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्न लागेको छ । मंगलबार नेप्सेमा करिब ५ महिना यताकै उच्च रकमको कारोबार हुँदा बजार परिसूचक नेप्से पनि करिब साढे ३ महिनापछि दुई हजार अंकको विन्दुबाट माथि गएर बन्द भएको छ ।

बैंकिङ प्रणालीमा निक्षेप वद्धिको अनुपातमा कर्जाको माग न्यून भएर तरलता सहज बन्दै गएको छ । जसले बैंकहरुले निक्षेपको ब्याजदर घटउँदै लगेका छन् भने छोटो अवधिको ब्याजदरको अनुमान गर्नसक्ने ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट पनि घट्दै गएको छ ।

घट्दो ब्याजदर र तरलता सहज बन्दै जाँदा लगानीकर्ता बजार बढ्नेमा आशावादी देखिंदै सक्रिय बन्न लागेका छन् । जसले गर्दा लगातार छैटौं कारोबार दिन पनि बढेर साढे ३ महिना यताकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम करिब ५ महिना यताकै उच्च भएको हो ।

मंगलबार बजार परिसूचक नेप्से ३४.१७ वृद्धि हुँदा २०२०.६७ अंकमा बन्द भएको छ । यसअघि १५ फागुन २०७९ मा नेप्से २०२३.५४ अंकमा बन्द भएको थियो भने १६ फागुनमा २०१९.९३ अंकमा बन्द भएको थियो । त्यसपछि पनि २५ फागुनमा नेप्से २००२.७० अंकमा बन्द भएको थियो ।

मंगलबार नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा नेप्सेका सबै उपसूचक बढेको छन् । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.३२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक २.६४ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि ४ माघ यताकै उच्च पुगेको हो । ४ माघमा करिब ५ अर्बको कारोबार भएको बजारमा त्यसपछि कारोबार रकम ४ अर्ब नाघ्न सकेको थिएन । तर, मंगलबार नेप्सेमा ४ अर्ब १२ करोड ६७ लाखको कारोबार भएको छ ।७० हजार ७५९ वटा कारोबारमा १ करोड ८ लाख १ हजार ६९३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २७ करोड ६७ लाखको कारोकार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १७ लाख ५१ हजार र आईएमई जनरल इन्स्योरेन्सको १६ करोड २७ लाखको कारोबार भएको हो ।

मंगलबार नेप्सेमा कुल २२३ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १९६ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै २२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको सेयरमूल्य स्थिर छ ।

मंगलबार वीन नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा भूगोल इनर्जी र सिटी होटलको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ८.८० प्रतिशत र शिवम् सिमेन्टको सेयरमूल्य ८.२३ प्रतिशतले वृद्धि भएको छ ।

यता समंगलबार नै नयाँ उचाइ कायम गरेको युनिलिभरको सेयरमूल्य अन्तिममा ३.१४ प्रतिशतले घटेर बन्द हुँदा खप्तड लघुवित्तको सेयरमूल्य २.०१ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य १.४४ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?